स्पेनिश ला लिगामा बार्सिलोना र रियाल मड्रिडबीच उपाधिका लागि टक्कर

0
476

काठमाडौं, १७ बैशाख । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोना र रियाल मड्रिडबीच उपाधिका लागि टक्कर परेको छ । गए रातिको खेलमा दुवै टिम विजयी भएका छन् ।

रियालले भ्यालेन्सियालाई २–१ ले हराउँदै अंक तालिकामा अग्रता लिंदा त्यसपछिको खेलमा बार्सिलोनाले स्पानियोललाई ३–० ले हराउँदै फेरि रियाललाई पछाडि पारेको छ ।

यो खेलपछि ३५ खेलबाट बार्सिलोनाको ८१ अंक भएको छ । एक खेल कम खेलेको रियाल मड्रिडको समान अंक भए पनि गोल अन्तरमा पछाडि छ । ७१ अंकसहित तेस्रो स्थानमा रहेको एथलेटिको मड्रिड भने उपाधि होडबाट बाहिरिएको छ ।