२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

अछामको साफेबगर हाटबजारमा आगलागी, १० पसल जले

अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ । शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिए ।

उनकाअनुसार आगो अन्य पसलहरुमा समेत फैलिंदा १० वटा जस्ता पाताले छाएका पसल जलेर नष्ट भएका छन् ।

तर, मानवीय र पशुचौपाया क्षति भने भएको छैन । प्रहरीले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको जनाएको छ ।

आगलागीबाट हाटबजारमा सञ्चालनमा रहेका कालभैरव जनरल स्टोर, रिभरसाइड नास्ता पसल, ब्युटिपालर, डाक मोबाइल ग्यालरी, कालभैरव सुनचाँदी पसल, रोडसाइड रेष्टुरेन्ट, ई.भी. काउन्टर एण्ड पसल र शीतल होटल एण्ड गेष्ट हाउस जलेर नष्ट भएको डीएसपी भण्डारीले बताए ।

मंगलसेन नगरपालिकाको दमकल मर्मतका लागि धनगढी पठाइएका कारण आगो नियन्त्रणमा लिन ढिलाइ भएको थियो । तर, बिहान ६ बजे भने दमकलको प्रयोग नगरेरै आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट १० पसल जले पनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । केही समयअघि अछामको बान्नीगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा समेत आगलागी भएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।