काठमाडौं, १७ बैशाख । बहुचर्चित सुडान घोटाला सम्बन्धी मुद्दा दायर भएको ५ बर्षपछि सर्वोच्च अदालतले आइतबार (आज) फैसला सुनाउँदैछ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले फैसला गर्न लागेको हो ।
नेपाल प्रहरीका ३ पूर्व महानिरीक्षकसहित २३ बहालवाला तथा ११ अवकासप्राप्त प्रहरी र ठेकेदार संलग्न रहेको भनिएको सुडान घोटाला मुद्दाको किनारा लगाउने मिति भने शुक्रबारलाई तोकिएको छ ।
सुडानमा कार्यरत नेपाल प्रहरीका फम्र्ड पुलिस युनिट (एफपीयू) का लागि चाहिने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिदमा करिब २९ करोड रुपैयाँ घोटाला भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ मा ३४ प्रहरी, २ ठेकेदार र वेलायती कम्पनी एस्योर्ड रिस्क बिरुद्ध मुद्दा दायर गरेको थियो ।