एमालेको घोषणापत्र आज

0
543

काठमाडौं, १७ वैशाख । नेकपा एमालेको चुनावी घोषणापत्र आइतबार सार्वजनिक हुँदैछ । पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर एमालेले स्थानीय चुनावलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एमालेको शनिबार बसेको स्थायी समिति बैठकले घोषणापत्र पारित गरेको हो ।

मुख्यगरी स्थानीय तहका काम कर्तव्य अधिकार सम्पादन गर्नेगरीको स्थानीय तह बनाउनुपर्ने, नयाँ संविधानको जगमा सबल राज्य बनाउने कार्यभार पूरा गर्न सामाजिक समानता र न्याय सहित आर्थिक सम्बृद्धिमा जोड दिने कुरालाई प्राथमिकतामा राखेर घोषणापत्र तयार पारिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

यस्तै एमालेले पहिलो चरणमा हुने चुनावका लागि महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो पनि आइतबार नै लगाउने बताएको छ । बेलुकासम्ममा स्थायी समिति बैठकले उम्मेद्वार टुंगो लगाउने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।