लहान, १७ बैशाख । भारतीय सीमासँग जोडिएको सिरहाको सिरहा नरगपालिका १७ माडर बजारमा सञ्चालन गरिएको फर्निचर उद्योगमा आइतबार बिहान आगलागी भएको छ। आगलागीमा करिब १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय माडरका प्रहरी नायव निरीक्षक राजु ठकुरीले जानकारी दिए ।
प्रहरी नायव निरीक्षक ठकुरीका अनुसार स्थानीय बेचन यादवले सञ्चालन गरेको फर्निचर उद्योगमा बिहान करिब साढे ३ बजेतिर विद्युत्को तार सर्ट हुँदा भएको आगलागीमा बिक्रीका लागि राखिएको तयारी फर्निचर तथा फर्निचर बनाउने अन्य काठपात जलेर नष्ट भएको हो ।
आगलागी भएको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिरहा नगरपालिकाबाट गएको वारुणयन्त्र तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।