दाहाल र देउवाको एकै स्वर : चुनाव हुन्छ, हल्लाको पछि नदौडनुहोस्

0
260

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव हुनेमा शंका नगर्न आग्रह सबैलाई आग्रह गरेका छन् । व्यवस्थापिका संसदको बैठकपछि स्थागित गरेर बाहिरिदै गर्दा प्रधानमन्त्रीले सञ्चारकर्मीसँग कुरा गर्दा चुनावका बारेमा बाहिर चलेका हल्लाका पछि नलाग्न आग्रह गरेका हुन् ।

चुनाव र संशोधन दुबै हुने प्रधानमन्त्रीको जिकिर छ । पहिलो चरणको चुनावका लागि कार्यतालिका अनुसार पर्सि मंगलबार उम्मेदवारको मनोनयन हुने प्रधानमन्त्रीको भनाई छ ।

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चुनाव हुनेमा आशंका नगर्न आग्रह गरे । । ‘वैशाख ३१ गते चुनाव भयो, हुन्छ’ देउवाले भने ।