बढ्यो सुनको भाउ : चाँदीको भाउ स्थिर

0
368

काठमाडौं, १७ वैशाख । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आइतबार तोलामा सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ शुक्रबारको भन्दा दुई सय रुपैयाँले महंगो हो ।
अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाल बजार पनि प्रभावित भएको हो । केही दिन अझै सुनको भाउमा उतारचढाव आउने महासंघले जनाएको छ ।

यस्तै आइतबार चाँदीको भाउ भने स्थिर छ । तोलामा शुक्रबारको जस्तै चाँदी ७७० रुपैयाँमा किनबेच भइरहेको छ ।