हात र च्यापु गलेपछि मात्रै भात खान छोड्छन् विल्सन बिक्रम (भिडियो सहित)

0
774

काठमाडौं, १७ बैशाख । चलचित्र ‘रातो घर’को रिलिज मिति जेठ १९ नजिकिदै गर्दा तेस्रो ट्रेलर रिलिज गरिएको छ । चर्चित हास्यअभिनेता विल्सन बिक्रम राईको अहिले सम्मकै उत्कृष्ट अभिनय रहेको भनिएको चलचित्र ’रातो घर’को तेश्रो ट्रेलर केही दिन अगाडी युट्युवबाट सार्वजनिक गरिएको हो ।

सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको ‘रातो घर’ मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको हो । ‘रातो घर’का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ’रातो घर’मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।

चलचित्र ‘रातो घर’मा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुावर लगायतको अभिनय रहेको छ । चलचित्रले ’कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको छ ।