एमालेको घोषणापत्र भोलि मात्रै सार्वजनिक हुने : सम्पादनको काम नै सकिएन

0
267

काठमाडौं, १७ वैशाख । नेकपा एमालेले सोमबार मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आइतबार सार्वजनिक गर्ने तयारी भएपनि घोषणापत्र सम्पादनको काम नसकिएकाले सोमबार बिहान ९ बजे मात्रै सार्वजनिक गर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारि दिए ।

पार्टीका शीर्ष नेताहरुले घोषणापत्र अन्तिम रुप दिएपनि भाषागत सम्पादनको कामले मात्रै आइतबार सार्वजनिक गर्न नसकिएको भट्टराईको भनाई छ । सोमबार दिउँसो २ बजे बस्ने स्थायी समितिको बैठकले सबै उम्मेद्धारको टुंगो लगाउने पनि उनले जनाएका छन् ।

मुख्यगरी स्थानीय तहका काम कर्तब्य, अधिकार सम्पादन गर्नेगरी स्थानीय तह बनाउनु पर्ने, नयाँ संविधानको जगमा सबल राज्य बनाउने कार्यभार पूरा गर्न सामाजिक समानता र न्यायसहित आर्थिक सम्बृद्धिमा जोड दिने कुरालाई प्राथमिकतामा राखेर घोषणापत्र तयार पारिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।