प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता

0
286

काठमाडौं, १७ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ । कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले व्यवस्थापिका संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेसका मिनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादीका टेकबहादुर बस्नेत समर्थक रहेको प्रस्तावमा दुवै दलका दुईसय ४९ सांसदको हस्ताक्षर छ ।

प्रहरी महानिरीक्षक प्रकरणमा कार्यसम्पादन मूल्याँकन तोडमोड गरेको, पक्षपात गरेर सीमित न्यायाधीशलाई मात्र इजलासमा राखको लगायतका आरोप लगाउँदै प्रस्ताव दर्ता गरिएको हो । महाअभियोग दर्तापछि स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ । यसबारे संसद सचिवालयले राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा पत्राचार गरेको छ ।