प्रधानन्यायधीश विरुद्धको महाअभियोग दुर्भाग्यपूर्ण : कमल थापा

0
444

काठमाडौं, १७ बैशाख । उपप्रधानमन्त्री कमल थापाले प्रधानन्यायधीश विरुद्ध महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताएका छन् । कांग्रेस र माओवादीका सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेलगत्तै ट्वीट गरेर थापाले महाअभियोग दर्ता गर्नु न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण भएको उल्लेख गरेका छन् ।