काठमाडौं, १७ बैशाख । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधान न्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावको विरोध गरेका छन् । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्की्विरुद्ध विभिन्न ९ आरोप लगाउँदै महाअभियोग प्रस्ताव दर्ता गराएकोमा उनले ट्विट गर्दै त्यसको विरोध गरेका हुन् ।
महान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाली कांग्रेस सचेतक चीनकाजी श्रेष्ठ तथा माओवादी केन्द्रका सचेतक माओवादी टेकबहादुर बस्नेत महाअभियोग प्रस्ताव लिएर सभामुख कहाँ पुगेका थिए । महाअभियोग प्रस्तावकमा कांग्रेसका मीनबहादुर विश्वकर्मा र समर्थकमा माओवादी टेकबादुर बस्नेतले हस्ताक्षर गरेका छन् । प्रस्तावमा कांग्रेस माओवादीका २५१ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।
राज्यका सबै अंग एक पछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त? महाभियोगको हतियार यसरी दुरूपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित?
— Baburam Bhattarai (@brb1954) April 30, 2017