कार्की विरुद्धको महाअभियोगप्रति गृहमन्त्री विमलेन्द्र निधिको असन्तुष्टि : दिए राजिनामा

0
438

काठमाडौं, १७ बैशाख । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति जनाउँदै पदबाट राजीनामा दिएका हुन् ।

पार्टी नेतृत्वले आफ्नो मन्त्रालय मातहतको प्रहरी प्रमुख नियुक्तिको प्रकरणलाई लिएर प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरिएको छ त्यस सन्दर्भमा आफूसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै आफूले राजीनामा दिएको निधिले बताए ।