काठमाडौं, १८ बैशाख । महाअभियोग दर्ता भएको सात दिनभित्र सभामुख ओनसरी घर्तीले कुनै बैठकमा महाअभियोग प्रस्तावबारे छलफल गर्ने मिति र समय तोक्नेछिन्। तोकिएको समयमा कांग्रेस सांसद् मीनबहादुर विश्वकर्मले महाअभियोग प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले चाहेमा सम्बोधनको मैकासमेत पाउनेछन्। विश्वकर्माले प्रस्ताव प्रस्तुत गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले प्रस्तावको समर्थनमा आफ्नो धारणा राख्न पाउनेछन् । प्रस्ताव पेश भएपछि सभामुखले छलफल हुने समयावधि निर्धारण गर्नेछिन् ।
सो छलफल समाप्त भएपछि थ्त्यस्तो प्रस्ताव संसद्ले महाअभियोग सिफारिस समितिमा पठाउनेछ। निलम्बित प्रधानन्यायाधीश कार्कीले आफूमाथि लागेको अभियोगबारे सफाइ दिन सात दिनको समय पाउनेछिन्। समितिले प्रारम्भिक अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिलाई महाअभियोग लाग्नसक्ने मनासिव र पर्याप्त आधार देखिएमा संसदमा महाभियोग सिफारिस गर्न सक्नेछ। तोकिएको समयावधिभित्र आफैं आई कुनै सफाइ पेश नगरेमा पा सफाइ सन्तोषजनक नभएमा पनि समितिले आफ्नो सिफारिस सदनसमक्ष पेश गर्नेछ।
सिफारिसबारे अन्तिम निर्णण् गर्न समितिले ३० दिनको म्याद पाउनेछ। तत्काल कायम हेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा कार्की स्वतः पदमुक्त हुनेछिन्। किनकि स्वाभाविक गतिमा काम हुँदा पनि संसद्को सबै प्रक्रिया पूरा गर्न कम्तीमा ४५ दिन लाग्छ। तर प्रधानन्यायाधीशका रूपमा कार्कीको पदावधि सकिन(जेठ २४) आउन ३८ दिनमात्र बाँकी छ। संसदमा प्रक्रिया चलिरहेकै अवधिमा कार्कीले सर्वोच्च अदालतबाट अवकाश पाइसकेकी हुनेछिन्, त्यसैले यो विषयमा थप छलफल गर्न नपर्ने भनी संसदले बिचमै प्रक्रिया टुंग्याउने सम्भावना पनि छ। लोकमानसिंहको सन्दर्भमा हेर्ने हो भने पनि संसदमा विचाराधीन महाअभियोग प्रस्ताव सर्वोच्च अदालतले अवकाश दिएपछि अलपत्र छ।
– नयाँ पत्रिका दैनिकबाट