नेपालमा आयो आगलागी हुँदा पनि विस्फोट नहुने ग्यास सिलिण्डर

0
486

काठमाडौ बैशाख १८ दुर्घटनाको जोखिम कम भएको कम्पोजिट फाइबर सिलिण्डर नेपाली बजारमा आएको छ।सिलिण्डर विकसित मुलुकमा भने पहिला देखीनै प्रयोग हुँदै आएको छ।आगलागी हुँदा सिलिण्डर विस्फोटले ठूलो क्षति हुने गरेको अवस्थामा भित्रिउको नयाँ सिलिण्डरले विस्फोट भएर हुने ठूलो क्षति कम हुनुका साथै उपभोक्तले पनि सुरक्षित रुपमा उपयोग गर्न पाउनेछन् ।
भारतीय कम्पनी टाइम टेक्नोप्लास्टको लाइट सेफ ब्राण्डमा नेपालको क्लासिक ग्रुपले नेपालमा यो सिलिन्डर भित्र्याएको हो। परम्परागत सिलिन्डरभन्दा सुरक्षित भल्ब प्रयोग गरेका कारण दुर्घटनाको जोखिम कम रहेको कम्पनिको दावी छ ।

सिलिण्डर पारदर्शी हुनुका साथै हलुका रहेको पनि कम्पनिले जनाएको छ । बिक्रीका लागि गुणस्तर तथा नापतौल विभागबाट स्वीकृती पाइसकेको कम्पनीले जनाएको छ।

कम्पनीले ५, १४ दशमलव २ र १९ केजीका सिलिण्डर बजारमा ल्याएको छ। यो सिलिण्डरको मूल्य ग्याससहित १२ हजार रुपैयाँ तोकिएको छ ।