रसुवा कांग्रेस विवाद चुलियो, पार्टी कार्यालमा तोडफोड

0
458

रसुवा, १८ वैशाख । स्थानीय तहको चुनावमा उम्मेद्वारको टिकट मनपरी ढंगले वितरण गरेको भन्दै नेपाली कांग्रेस रसुवाको पार्टी कार्यालयमा असन्तुष्ट पक्षले तोडफोड गरेका छन् ।

सदरमुकाम धुन्चे स्थित पार्टी कार्यालयमा गोसाइकुण्ड गाउँपालिकाको उम्मेद्वार छनौट गर्ने क्रममा विवाद भएपछि तोडफोड भएको हो । तोडफोड गर्ने ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पार्टीमा टिकट विवाद चुलिँदै जान थालेपछि पार्टी परित्याग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । पाँच वटा गाउँपालिका रहेको रसुवामा पार्टीलाई उम्मेद्वार छनौटमा सकस परेको नेताहरुले बताएका छन् । २७ वटा वडा मध्ये पार्टीले अहिलेसम्म २० वटा वडाको उम्मेद्वार छनौट सकाएको छ ।