एमालेको चुनावी घोषणा पत्र सार्वजनिक – १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर

0
532

काठमाडौं, १८ बैशाख । नेकपा एमालले आफ्नो चुनावी घोषणा पत्र सर्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष केपी शर्मा ओलीसहितका वरिष्ठ नेताहरुले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

५२ पृष्ठ लामो घोषणा पत्रमा सामाजिक सुरक्षा भत्ता ५ हजार बनाईने, सबै स्थानीय तहमा जेष्ठ नागरिक आवासगृह निर्माण गर्ने, साथै सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ठ ५ हजार भत्ता दिने र कामकाजी महिलालाई १४ हप्ताको सुत्केरी विदा दिने एमालेको घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याईने, १० वर्षमा १५ हजार मेगाबाट बिजुली पु¥याईने लक्ष्य सहितको घोषणा पत्र सर्वजनिक गरेको हो । राजमार्ग र रेलमार्ग बनाउँदा सुरुङ र उच्च पुल निर्माण प्रविधि पनि अपनाइने लगायतका कुरा एमालेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।