काठमाडौं, १८ बैशाख । राप्रपा सरकारबाट बाहिरिएको छ । आज बिहान र बेलुकी गरेर दुईचरणमा बसेको राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकलौटी रुपले निर्णय गरेको भन्दै अब सरकारमा बसिरहनु उचित नहुने ठहर बैठकले गरेको उहाँको भनाई छ । कांग्रेस र माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता गरेपछि राप्रपा असन्तुष्ट भएको हो ।
३७ सिट रहेको राप्रपाका तर्फबाट सरकारमा एक उपप्रधानमन्त्रीसहित ४ मन्त्री छन् ।