पहिलो चरणको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन

0
419

काठमाडौं, १९ बैशाख । वैशाख ३१ गते पहिलो चरणमा तीनवटा प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज मनोनयन दर्ता हुनेछ । निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ । प्रदेश नम्बर ३, ४ र ६ मा पर्ने ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट आयोगले तोकेको समयभित्र मनोनयन बुझाउनुपर्नेछ । मनोनयन पेस गर्दा उम्मेदवारले उम्मेदवारी दर्ताका लागि आयोगले बनाएको नियम पालना गर्नुपर्नेछ ।

निर्वाचन आयोगले उम्मेद्वारको मनोनयन पछि चुनावको वातावरण झनै बढेर जाने बताएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कर्मचारीहरु मनोनयन दर्ताको लागि तयार भएर बसेकाले कसैले पनि प्रश्न उठाउनै नसक्नेगरी काम गर्ने बताउनुभयो । चुनावको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सबै सुरक्षा निकायलाई निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले चुनावको लागि सबै सामाग्री सबै जिल्लामा पठाईएको जानकारी दिनुभयो । आयोगका पुर्वनिर्धाति कार्यक्रम कुनै हालतमा पनि परिवर्तन नहुने भन्दै सबै राजनीतिक दललाई आजको मनोनयन नछुटाउन उहाँले आग्रह गर्नुभयो ।