काँग्रेसले अघि सार्यो लेखनाथ महानगरपालिकाको मेयरमा कुँवर र उपमेयरमा गुरुङलाई

0
474

कास्की, १९ बैशाख । नेपाली काँग्रेसले पोखराको लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारी तय गरेको छ । काँग्रेसले पोखराको लेखनाथ महानगरपालिकाको मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मेयरका उम्मेदवार कुँवर ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको बताइएको छ । त्यस्तै संचारकर्मी सरस्वती गुरुङ तमु धी नेपालको उपाध्यक्ष रहेको बताइँदैछ । काठमाडौं महानगरमा भने काँग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।