चुनाव लड्न प्रदेश नम्बर ३ बाट मात्रै १ सय ५७ शिक्षकले दिए राजीनामा

0
450

काठमाडौं, १९ बैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन प्रदेश नम्बर ३ बाट एक सय ५७ शिक्षकले राजीनामा दिएका छन्। राजीनामा पत्रमा अधिकांशले घरायसी कारण देखाए पनि निर्वाचनमा उठ्नकै लागि राजीनामा दिएको बताइएको छ। ‘अधिकांश शिक्षकले स्थानीय तहमा टिकट पाउने निश्चित भएपछि राजीनामा दिएका हुन्’, सिन्धुपाल्चोकका जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेले भने, ‘यद्यपि उनीहरूले राजीनामा पत्रमा भने घरायसी हारण भनेर लेखेका छन्।’

राजीनामा दिने शिक्षकमा प्रदेश नम्बर ३ अन्तर्गतको १३ जिल्लामा सबैभन्दा धेरै सिन्धुपाल्चोककै छन्। जिल्लाबाट २७ शिक्षकले राजीनामा दिएका छन्। राजीनामा दिएका शिक्षकमध्ये कतिपयले उम्मेदवारको टिकट पाइसकेका छन्। सिन्धुपाल्चोकपछि धेरै राजीनामा दिने शिक्षकमा दोलखाका रहेका छन्। दोलखाबाट २३ जनाले राजीनामा दिएका छन्। त्यस्तै सिन्धुलीका २२, रामेछापका १५, र नुवाकोटका १२ शिक्षकले राजीनामा दिएका छन्।

काठमाडौं र धादिङका समान ११्११, ललितपुरका नौ, मकवानपुर, मकवानपुरका आठ, काभ्रेपलाञ्चोक र भक्तपुरका ६्६ जना शिक्षकबाट राजीनामा दिई उम्मेदवार बनेका छन्। रसुवाबाट पाँच र चितवनबाट दुई जनाले राजीनामा दिएका छन्। राजीनामा दिने केही शिक्षकको अवकाशको अवधि तीन–चार महिना रहेको बताइएको छ।