उम्मेद्वारी दर्ता उत्साहजनकरुपमा : प्रमुख निर्वाचन आयुक्त

0
453

काठमाडौं, १९ वैशाख । देशभर उत्साहजनक रुपमा स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दर्ता भइरहेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका छन् ।

अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुग्नु भएका यादवले संक्षिप्त प्रतिक्रिया दिँदै मनोनयन दर्ता उत्साहजनक रुपमा भएको जानकारी दिएका हुन् ।

‘२ सय ८३ वटै स्थानीय तहमा हामीले हिजो नै आवश्यक सबै तयारी पूरा गरेका थियौँ, आवश्यक सामग्री र कर्मचारीहरु सबै तयारी अवस्थामा राखेका थियौँ, त्यसैले आज राम्रोसँग काम भइरहेको छ, निकै उत्साहजनक माहोल बनेको छ’ यादवको भनाई छ ।