इरानको कोइला खानीमा पहिरो जाँदा कम्तिमा २१ जनाको मृत्यु

0
575

एजेन्सी, २१ बैशाख । इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास विस्फोट भएर कामदारहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा ७० जना घाइते भएका बताइएको छ ।

खानीभित्र परेका केहीलाई भने उद्दार गरिएको इरानको आपतकालीन सेवाका प्रमुख पिर हुसैन कोलिभान्दलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पहिरो गएपछि सुरुङजस्तो बनेको ठाउँमा ग्यास भरिएकाले उद्धार कार्य निकै कठिन भएको बताइएको छ । सरकारी सञ्चारमाध्यमहरुले खानीमा पहिरो गएका बेला करिब ५ सय कामदार रहेको जनाएका छन् ।