२६ बर्षे दानी जनमोर्चावाट चन्द्रगिरीको उपमेयरका उम्मेदवार

0
473

काठमाण्डौं बैशाख २१ आगामि वैशाख ३१ गते हुने स्थानिय निर्वाचनको राष्ट्रिय जनमोर्चा वाट एक शसक्त उमेदवरको दावेदारी पात्रको रुपमा रहेका व्यक्ति हुन रोसन दानी । राजधानिको चन्द्रगिरि नगरपालिक दहचोक १ मा जन्मिएका दानी पेशाले सञ्चाकर्मि हुन । लामो पत्रकारीतामा सक्रिय दानी काष्ठमाण्डप टेलिभिजनका समाचार संयोजकका रुपमा कार्यरत छन् । समाज सेवमा निकै क्रियाशिल युवाको रुपमा रहदै आएका छन् । वाडभञ्ज्याङको श्री चण्डी माध्यामिक विद्यालय वाट कक्षा ८ देखिनै राजनितिमा सकृय युवा दानी त्यहि वाट एस.एल. सि उर्तिण समेत गरेर समाजसेवा र पत्रकारीतामा लागिरहेका जुझारु व्यक्ति हुन दानी ।
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंको चन्द्रागिरी नगरपालिकामा राजनीतिक दलहरु उम्मेदवार दिई रहदा दानीको उदयले आम युवाहरुमा उर्जा थपिएको छ । चन्द्रगिरिका मात्र नभएर सम्रग युवाहरु दानीको उमेदवारीले गर्दा युवाहरुमा एक खाले मावल सृजना गराएको भक्तपुरका रजित श्रेष्ठले वताए ।उनी भन्छन देश अव युवाहरुको हातमा आउँनु पर्छ,युवाहरुले नै समृद्ध देश निमार्णमा महत्वपुर्ण भुमिका खेलछन् उनको भनाई छ ।
दानीको चन्दागिरीको लोकप्रिय युवा नेता हुन् । दानी चन्द्रगिरिका युवा र महिलाहरुको विश्वासको पात्र समेत रहेका थाहा भएको छ ।
२०७२ साल वैशाख १२ गते ,१३ गते र २९ गते गएको विनाशकारी भुकम्पमा समेत राहात र उद्धारमा सक्रिय दानी ,बिकाश पे्रमी व्यक्ति हुन् । उनले हालै सबैलाई समेट्दै चन्द्रागिरी महोत्सव समेत भब्य रुपमा सम्पन्न गरिसकेका छन् ।
युवालाई स्थानिय स्तरमै रोजगारी दिनुपर्छ त्यसो गर्न सके देशको बिकाश गर्न सजिलो हुन्छ भन्ने मान्यता अगाडि सादै आएका दानीले विकास, सुशासन, जवाफदेहिता, पार्रदशिता नाराको रुपमा अगाडि सार्दै आएका छन् । दानी समाज वुझेका व्यक्ति भएकै कारणले पनि १५ वटै वडाहरुमा दानीको राम्रो प्रभाव रहेको छ । स्थानिय जनताहरुमा दानी चिरपरिचित अनुहार भएकै कारण पनि सजिलो छ । चन्द्रगरिमा वसोवास गर्ने सवै जनताहरुलाई समान व्यवहार गर्ने रोसन उमेरमा भने भर्खर २३ वर्षको भए । उनी सम्भवत कान्छा उपमेयरका उमेदवारका र कुशल दावेदार व्यक्ति हुन भन्दा दुई मत नहोला । जनमोर्चा वाट एक मात्र युवा नेता पाएकोमा चन्द्रगिरिका स्थानियहरु समेत आश्र्चय चकित भएको एक स्थानियले वताए । नेपाली काँग्रेस नेकपा एमाले र माओवादी वाट उप मेयरमा नयाँ अनुहार भएकै कारण पनि सहज वातावरण वनेको हो । मेयरमा निकै कडा र पुराना अनुहारको हावी रहेको छ ।
हाम्रो गाउँ समाजको पिडा उहाँलाई थाहा छ केहि गर्ने सोच भएका युवाहरुले पक्कै केहि गर्छन स्थानिय युवा जिवन थापा वताउँछन । हो पक्की पनि आगामि स्थानिय निकायको निर्वाचनमा जो जहाँ वाट आए पनि स्थानिय तहमा राम्रो गर्ने र राम्रो उदेश्य भएकाहरुलाई पकै पनि जनताहरुले विश्वास गर्ने छन् । जनताहरु लाई थाहा पनि छ के गर्दा राम्रो के गर्दा नराम्रो भने वारे ।स्थानिय तहको निर्वाचन भव्य र सभ्य वनाउँन सवैको अधिकार पनि हो । २० वर्ष पछिकै स्थानिय तहको निर्वाचनले एक खाले जनलहरनै पैदा गराएको छ । यो स्वनिम मोर्का पनि हो वैशाख ३१ ।
दानीलाई भोट किन यस्तो छ दानी को लक्षय,भिजन
नमस्कार म रोशन दानी राष्ट्रिय जनमोर्चाको तर्फबाट चन्द्रगिरी नगरपालिकको उपमेयरको उम्मेदवार
म चन्द्रागिरीमै जन्मिए । चन्द्रागिरी आफैमा ऐतिहासिक छ ।चन्द्रागिरी नगरपलिका प्रकृतिक ऐतिहासिक,भौगोलिक,सँस्कृतिक र पर्यटकिय दृष्टिकोणले पनि निकै सुन्दर छ । तर चन्द्रगिरी सामाजिक,आर्थिक,राजनीतिक विकासका हिसावले भने पछाडी परेको छ ।यसको विकास गर्नका लागी सहि नेतृत्व छान्नु आवश्यक छ । त्यसका लागी युवा उम्मेदवार रोशनदानी लाई २ नम्बर कोठाको गिलास चिन्हमा मतदान गरी विजय गराउन हार्दिक अनुरोध गर्दछु ।
राष्ट्रिय जनमोर्चाको चुनाव चिह्न गिलासमा नै मतदान किन ?
१. गणतन्त्र र धर्म निरपेक्षता जस्ता संविधानका सकरात्मक उपलब्धीको रक्षा गर्न,
२. संविधानमा स्थानीय तहलाई प्रदत्त अधिकारको कार्यान्वयन गर्न,
३. राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्न,
४.प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन प्रणालीको स्थापना गर्न,
५.पछाडि पारिएको समुदाय, वर्ग र जातजातिको अधिकार, भाषा, संस्कृतिको संरक्षण र विकास गर्दै क्षेत्रीय, जातीय वा राष्ट्रिय एकतालाई मजवुद पार्न,
६. चालु मोटरबाटोलाई स्तरउन्नत र विस्तार गर्नु साथै नयाँ सडक निर्माणका लागि स्थानीय वस्तीको माग बमोजिम बिस्तार गर्न,
७. खानेपानी, सिंचाई, तटवन्धन र भवन आवश्यकता अनुसार क्रमागत निर्माण गर्दै जाने र निर्माण भएका योजनाको पूर्न्निर्माण गरी आधुनिकिकरण गर्न,
८. गरिव घरपरिवारको पहिचान गरी सामाजिक सुरक्षा भत्ताका साथै सुपथ मूल्यका पसल खोली सुविधा दिन,
९. सरकारले दिर्दै आएको जेष्ठ नागरिक, असमान क्षमता भएका व्यक्ति, अनाथ, असाह्य र वालवालिकाको भत्तामा स्थानीय तहबाट थप गरी उनीहरुको दैनिक आवश्यकता सहज ढंगबाट पुरा गर्न सक्ने बनाउन,
१०. केन्द्रिकृत विकास नीतिको भण्डाफोर गर्दै विकेन्द्रीयता र सन्तुलित विकास नीति लागु गरी बेग्लाबेग्लै क्षेत्रको विशिष्टताका आधारमा ग्रामिण विकासको योजना बनाउन,
११. भ्रष्टचारप्रति सून्य सहनशिलताको नीति अपनाउने र जनतालाई सुशासनको ग्यारेण्टी गर्न,
१२. कृषि र कृषिजन्य उद्योगको विकास गरी किसानको आयश्रोत बृद्धिमा मद्दत पु¥याउन विऊ, विषादी, गोठसुधार, उन्नत पशु तथा पंक्षी, मत्स्य र मौरीपालनका लागि अनुदानको व्यवस्था गर्न,
१३. सबै नागरिकको पहँुचमा निःशुल्क आधुनिक शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउन,
१४. प्राकृतिक स्रोत साधनको समुचित उपयोग गर्न र जडिबुटी खेती तथा प्रशोधन केन्द्र स्थापना गरी स्थानीय तह मै रोजगारीको व्यवस्था गर्न,
१५. युवाको बढ्दो विदेश पलायनलाई रोक्न युवा उद्यमशिल घुम्ती कोषको व्यवस्था गरी घरेलु तथा साना उद्योग, कृषि फर्म, पशुपालन तथा सीपमूलक र उत्पादनशिल कार्यमा लाग्न प्रेरित गर्न,
१६. पर्यटनलाई उद्योगको रुपमा विकास गरी ग्रामिण क्षेत्रमा पैदलमार्ग र होम स्टे स्थापना, जलयात्रा तथा प्याराग्यलाईडिङ सञ्चालन गर्न सकिने सम्भावित क्षेत्रको अध्ययन गरी आन्तरिक तथा बाह्य पर्यटनको आगमनमा बृद्धि ल्याउन,
१७. ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्वका सम्पदाहरुको संरक्षण र संवद्र्धन गर्न,
१८. अव्यववस्थित बसोवासलाई व्यवथित पार्न एकीकृत बस्ती विकास, खेतियोग्य जमिनको संरक्षण, वनजङ्गल र खानी क्षेत्रको विकास र संरक्षण गर्न रणनीतिक योजना तय गर्न,
१९. जनतन्त्र र जनजिविकाको पक्षमा सधै संघर्षरत रहने र नगरपालिकाले अधिकतम जनमैत्री नीति तथा कार्यक्रम सञ्चालन गर्न, चन्द्रगिरिलाई वातावरमैत्री नगरपालिका वनाउँन ।नगरलाई नेपालकै उत्कृष्ट र नमूना नगरको रुपमा विकास गर्न ।
२०. शुशासन,पार्दशिता,जवादेहिता कायम गर्न गराउँन । गाउँ वस्तीमा फिरि वाईफाईको सुविधा दिन ।
२१. युवाहरुको लागि लव पार्कको निमार्ण गर्न । खेलकुदको विकासका लागि कवड हल वनाउँन ।
२२.स्माट सिटिको रुपमा विकास गर्न ।

२३. प्रत्येक बर्ष ५ हजार युवालाई रोजगारीको ग्यारेन्टी गर्छाै चन्द्रगिरिमा ।
२४. चन्द्रगिरि सर्किटको रुपमा विकास गर्न ।
२५.चन्द्रगिरिलाई धार्मिक र पर्यटकिय क्षत्रको रुपमा विकास गर्न ।
२६ . प्रत्यक नगरपािलकालाई जाडेर रेल सेवा विस्तार गर्न ।
२७. १० वर्ष भित्र दहचोक मातातिर्थ,वाडभञ्ज्याङ सतुङगल मक्षयनारायण जोडेर केवलकारको नगरको रुपमा विकास गर्ने ।