२०८२ जेष्ठ २ गते बिहीबार
२०८२ जेष्ठ २ गते बिहीबार

आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले प्रवेश नै दिएनन्

निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई कलेज प्रवेशमै रोक लगाएका छन् ।

एक महिना लामो आन्दोलनपछि कलेज फर्किदा उनीहरुलाई कलेजले प्रवेश गर्नै नदिएका हुन्।अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ । मन्त्रीसँग छलफल गर्न नेपाल चिकित्सक संघका पदाधिकारीसहित आवासीय चिकित्सकका प्रतिनिधिहरु मन्त्रालय पुगेका हुन् ।

के एमसी मेडिकल कलेज, नोबल मेडिकल कलेज, विराट मेडिकल कलेज, सिएमसी मेडिकल कलेज लगायतले आवासीय चिसित्सकलाई प्रवेश रोकेको बताइएको छ । नेपाल मेडिकल संघका अध्यक्ष अनिलविक्रम कार्कीले निजी मेडिकल कलेजले आवासीय चिकित्सकको परीक्षा समेत रोक्ने धम्की निजी मेडिकल कलेजले दिएको बताए । सरकारी सरह भत्ता माग गर्दै आवासीय चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुलाई नेपाल चिकित्सक संघले पनि साथ दिएको छ । सरकारले निजी मेडिकल कलेजहरुलाई आवासीय चिकित्सक सरह भत्ता दिन निर्देशन दिए पनि कार्यान्वयन नभएपछि आवासीय चिकित्सकहरु आन्दोलनमा छन् ।

केही दिनअघि मन्त्रिपरिषद बैठकले मेडिकल कलेजमा एमबीबीएसको कोटा बढाउने र आवासीय चिकित्सकहरुलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर केही निजी मेडिकल कलेज सञ्चालकले आवासीय चिकित्सकले माफी माग्नुपर्ने भनेर धम्की दिइरहेकोे र कलेजमा जान पनि रोकेको चिकित्सकको गुनासो छ । सोही गुनासोसहित आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोली स्वास्थ्यमन्त्री पौडेलकहाँ पुगेका हुन् । उनीहरुले ससम्मान निजी मेडिकल कलेजमा फर्किन पाउने वातावरण बनाइ दिन माग गरेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।