काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएकोबारे शिक्षकको बुझाइ नै यस्तो रहेको टिप्पणी गरे ।
‘शिक्षा क्षेत्रमा हामीले प्रयत्न गरेका छौं । हिजो एक शिक्षकले बोल्दै गरेको मैले सुनेँ । मलाई गाली गरिरहनु भएको थियो किन गाली गर्नु भएको हो मैले बुझिनँ,’ उनले भने, ‘यसरी गाली गरिरहनु भएको थियो । उहाँसँग मेरो जिन्दगीमा भेट पनि भएको पनि छैन होला । भेट्या पनि उहाँले छैन होला । तर गाली बेसरी गरिरहनु भएको थियो किन गरेको हो थाहा भएन ।’ उनले भने, ‘कसले सिकायो, कसले घोकायो, कसले पढायो । फेसबुक मात्रै हेर्नु हुन्छ कि क्या हो ?’ शिक्षकलाई ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु नै काफी लाग्ने गरेको प्रधानमन्त्री ओलीले टिप्पणी गरे ।
‘उहाँ भनिरहनु भएको थियो ४८ प्रतिशत विद्यार्थी एसईईमा पास हुनु भनेको काफी हो, धेरै हो । ५२ प्रतिशत फेल हुने कुरालाई उहाँले एकदम इजी लिनु भएको छ,’ उनले भने। नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले थपे, ‘५२ प्रतिशत हम्रो योङ जेनेरेसनका होनहार प्रतिभाहरूको भविष्य एसईईमै १० कक्षामै चट बनाइदिएर, खत्तम पारेको उहाँले मज्जाको कुरा हो भन्नु हुन्छ ।’ आफूले शिक्षण नगरे पनि शिक्षकको उक्त टिप्पणीले दुःखी बनाएको प्रधानमन्त्रीले बताए । ‘एक जना शिक्षक साथीले बोलेको मैले सुनेँ । जब मेन्टालिटी र बुझाइ नै त्यो छ…,’ उनले भने, ‘५२ प्रतिशत फेल
‘बेइमानीको खेती गर्न र इमानको हत्या गर्न एआईको प्रयोग भइरहेको छ’
प्रधानमन्त्री ओलीले अहिले असत्यहरूले प्रबिधिको दुरुपयोग गरी सत्यको हत्या गर्न कोशिस गरिरहेको दाबी गरेका छन्। ‘अहिले आर्टिफिसियल इन्टेलीजेन्सको दुरुपयोग तपाईहरुले देख्नु भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मान्छेको हुर्मत लिएको छ । परिवार टिकाउनका लागि टेको लगाउनु परेको छ, एआइको दुरुपयोगले । विरोधीले के–के गर्दिन्छ–गर्दिन्छ ।’
प्रविधिको दुरुपयोग गरेर मान्छेको मानप्रतिष्ठा, इज्जतको ध्वंस गरेर नकारात्मक झुट्टा सन्देश प्रवाह गर्न प्रविधिको प्रयोग गरिरहेको उनले बताए। उनले भने, ‘बेइमानीको खेती गर्न, इमानको हत्या गर्न एआइको प्रयोग भइरहेको छ । यस्तै सत्यको गला रेट्न र असत्यको जरामा पानी हाल्न एआइको प्रयोग नहोस् भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।