प्रचण्डको ससुराली नजिकै पेट्रोल बम भेटियो

0
242

चितवन, २३ वैशाख । चितवनको भरतपुर महानगरपालिका–१० स्थित स्याउलीबजारमा शनिबार बिहान पेट्रोल बम भेटिएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्याउलीबजारस्थित हेमराज पौडेलका घरबाट दुई सय मिटर अगाडि खाली चौरमा बम भेटिएको हो । बम प्रहरीले निष्क्रिय गरेको थापाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट महानगरपालिका प्रमुखको उम्मेद्वार रहेकी रेणु दाहालको मामा पौडेलको घरमा (प्रचण्डको ससुराली घर) रोकिराखिएको बा ११ च ९०३० नम्बरको गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

यस्तै चुनाव विरोधी गतिविधि गरेको भन्दै प्रहरीले अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका १३ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये नौ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।