काठमाण्डौको वडा नं.२६ को पपुलर उमेद्वार ख्याम तिवारी, यसकारण उनको चर्चा !

0
824

बैशाख २३ काठमाण्डौ । बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन आउन १ साता मात्रै बाँकि रहँदा दलहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । उम्मेदवारहरुले विभिन्न आकर्षक नाराहरु लिएर टोलटोलमा मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने कसरत गरिरहेका छन् ।

यस्तै काठमाडौ महानगर पालिका वडा नं २६ मा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा उमेद्वार ख्यामराज तिवारीले पनि आफ्नो चुनावी अभियानलाई  तिब्र रुपमा अँगाडी बढाएका छन् । उनले नेपालकै प्रमुख आकर्षक तथा पर्यटकीय केन्द्र ठमेलमा सुविधा सम्पन्न सुरक्षित होमस्टे सञ्चालन गर्ने देखी स्वास्थ्य अभियना सञ्चालन र एक घर एक करेसाबारीको अवधारणा अँगाडी सरेका छन् ।

यस्तै सुविधा सम्पन्न सामुदायीक अस्पताल निमार्ण गरी सहुलियत दरमा उपचारको ग्यारेन्टी गर्ने म स्वास्थ्य,मेरो परिवार स्वास्थ्य,मेरो टोल स्वास्थ्य अभियान चलाउने,मेरो आशा मेरो भरोशा उज्यालो हो साथी अभियान चलाई सडक बत्ति जडान गर्ने एजेण्डा पनि उनले अँगाडी सारेका छन् ।

हरेक घरमा एक करेसाबारी हाम्रो वडा सुन्दर फुलबारी अभियान चालउने र निशुल्क तरकारी तथा फलफुलका विरुवा तिरण गर्ने,महिला आदीवासी,जनजातीको उत्थानका लागी चेतनामुलक कार्यक्रम चलाउने वडाका विभिन्न स्थानमा सावैजनिक शौचालय निमार्ण गरी सञ्चलनमा ल्याउने,टोलटोलमा सिसिटिभी जडान गरिने एजेण्डा पनि   तिवारीले   अघिसारेका छन् ।

सडक विस्तार अभियानमा स्थानीयको घर सम्पत्तिमा स्थानीयकै अधिकार सुनिश्चित गर्न, स्थानीयको घर सम्पत्ति स्थानीयको अधिकार, मुआब्जा क्षतिपूर्ती वितरण गरी बाटो विस्तार काँग्रेसको सरोकार भन्ने नारा ल्याएका छन् । स्थानीय स्तरमा आर्थिक तथा सामाजिक पारदर्शीता कायम गर्ने उदेश्यले कम्तिमा पनि बर्षको २ पटक सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने उनको योजना छ ।
बाल्यकालीन अवस्था देखि नै २६ नं.वडाका सामाजिक सुधारका गतिबिधिमा सक्रिय रहेका तिवारी २६ न.न वडाकै सरस्वती क्याम्पसमा बिद्यार्थी राजनीति मार्फत वडा अध्यक्षको उमेद्वार बनेका हुन् स्थानिय  तहमा उनको राम्रो पकड भएकाले उनको जित सुनिश्चित रहेको ठमेलबासीको भनाई छ । स्थानिय ट्राभल ब्बसायी  कृष्ण अधिकारी भन्छन् ठमेल क्षेत्रको बिकास गर्ने हो भने पार्टी भन्दा माथि उठेर तिवारीलाई मतदान गर्नु पर्छ जस्ले ब्यबस्याीको दैनिक समस्या समाधान गर्न ठूलो सहयोग गर्ने छ ।