निर्वाचन केन्द्रित बिशेष सुरक्षा योजना आज देखि !

0
415

बागलुङ, २३ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा रणनीति तय गरिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताउनुभयो । जिल्लामा कुनै किसिमको सुरक्षा चुनौती नरहेको उहाँको भनाइ छ ।

जिल्लाका एक सय तीनवटै मतदानस्थलमा तीन तहको सुरक्षा घेरा रहने छ । मतदानस्थलको भित्री सुरक्षा जनपद प्रहरीले गर्नेछ भने बाहिर सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना परिचालित गरिने उहाँले बताउनुभयो । मतदानस्थलको सुरक्षामा म्यादी प्रहरी र स्वयम्सेवकलाई समेत खटाइने छ ।

संवेदनशील र अतिसंवेदनशील क्षेत्र किटान गरेर सुरक्षा प्रबन्ध मिलाएको प्रहरी उपरीक्षक चन्द्रकँुवर खापुङले बताउनुभयो ।
मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण निर्माणका लागि कुनै कसर बाँकी नराखिने उहाँको भनाइ छ ।

बिहीबारदेखि जिल्लाका दसवटै स्थानीय तहलाई केन्द्रित गरी शसत्र प्रहरीको ‘मोबाइल टोली’ परिचालन गरिएको छ ।