कश्मिरमा फेरी दोहोरो भिडन्त ४ को मृत्यु

0
401

एजेन्सी, २४ बैशाख । भारतको जम्मु कश्मिरमा सुरक्षाकर्मी र आतंकवादीबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको छ ।

कुलगाम जिल्लाको मीरबजारमा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी गरिएको आक्रमणमा एक सुरक्षाकर्मी र एक आतंकवादीसहित चार जनाको मृत्यु भएको हो ।

आतंकवादीले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी कारवाही गर्दा उनीहरुको मृत्यु भएको हो । दोहोरो गोली हानाहानमा केही सुरक्षाकर्मी घाइते भएका छन् । घटनालगत्तै जम्मु कस्मिरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।