आज राष्ट्रिय पत्रकारिता दिवस मनाईंदै

0
514

काठमाडौं, २४ वैशाख । ‘पत्रकारिताको प्राथमिकता, समन्याय र समृद्धि’ भन्ने नाराका साथ आज ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाईंदैछ ।

दिवसको अवसरमा सूचना तथा सञ्चार मन्त्रालयको आयोजनामा बिहान काठमाडौको भृकुटीमण्डपबाट भूगोलपार्कसम्म प्रभातफेरि गरिएको छ ।

सरकारले गोरखापत्र दैनिक स्थापना भएको दिन अर्थात वैशाख २४ गतेलाई गएको वर्षदेखि राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन सुरु गरेको हो ।

विसं १९५८ साल वैशाख २४ गतेदेखि गोरखापत्रले साप्ताहिक प्रकाशन सुरु गरेको थियो । दिवसको अवसरमा आज गोरखापत्र संस्थान र सूचना तथा सन्चार मन्त्रालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिले जनाएको छ ।