उदयपुरमा पाठ्यपुस्तकको अभाव, बिद्यार्थीले पढ्न पाएनन् ।

0
312

उदयपुर, २४ वैशाख । नयाँ शैक्षिकसत्र सुरु भैसक्दा पनि उदयपुरका सरकारी विद्यालयका धेरै विद्यार्थीले अहिलेसम्म पाठ्यपुस्तक पाएका छैनन् । पाठ्यपुस्तक नपाउंदा बिद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।

जिल्लामा रहेका झन्डै ४५० सरकारी विद्यालयमध्ये निम्ममाध्यमिक तहका विद्यार्थीले एक दुई विषयबाहेक अन्य पुस्तक पाउन सकेका छैनन् ।

माध्यमिक तहको पूरक विषयको पुस्तक पाउन नसकेको बिद्यार्थीहरुको गुनासो छ ।
जिल्लाको पहाडी क्षेत्रका अधिकांश सरकारी विद्यालयमा अहिलेसम्म पनि २५ प्रतिशत पुस्तकसमेत विद्यार्थीले प्राप्त गर्न नसकेको शिक्षकहरुको भनाई छ । यता जिल्ला शिक्षा कार्यालयका कर्मचारी भने पाठ्यपुस्तक समयमै जिल्ला नआएका कारण समस्या भएको स्विकार्दै यो समस्या तत्काल समाधान हुने बताउंछन् ।