‘दिनेश अधिकारीसँग एक घन्टा’ बाग्लुङका स्रष्टा

0
875

बागलुङ, २४ वैशाख । बरिष्ठ कवि दिनेश अधिकारीको काव्य कृति ‘भरियाको भूगोल’माथि बागलुङमा परिचर्चा गरिएको छ । नेपालयले प्रकाशनमा ल्याएको कृतिबारे कवि, लेखकलगायत प्राज्ञिक व्यक्तित्वले शनिबार विमर्श गरे । बागलुङ जेसिसले संयोजन गरेको कार्यक्रममा कवि अधिकारीले आफ्ना केही रचनासमेत सुनाउन पुगेका थिए ।

पाठकसँगको साक्षात्कारमा कवि अधिकारीले कृति नेपालको पहाडी जनजीवनको यथार्थ चित्रण रहेको बताए । ‘यो कृति विशेषगरी भरियाको जीवनगाथामा आधारित छ’ कवि अधिकारीले भने ‘मानवतावादी चिन्तन र सामाजिक यथार्थ कृतिमा प्रतिविम्बित छ ।’ अधिकारीले भरियाको दैनिकी, समस्या र मनोविज्ञानको समग्र वर्णन काव्यका गरिएको स्पष्ट पारेका छन् । कवि अधिकारीले कविता आफ्ना लागि स्वतन्त्र अभिव्यक्तिको उच्चतम आनन्दको विन्दु हो भनेका छन् ।

कार्यक्रममा गायक एवम् सङ्गीतकार आभासले कुनै वाद या विचारभन्दा पनि माथि उठेर अधिकारीका रचनाले स्वतन्त्र अभिव्यक्ति दिएको उल्लेख गरे । ‘दिनेश अधिकारीसँग एक घन्टा’ नाम दिइएको कार्यक्रमका सहभागीले अधिकारीसँग साहित्य लेखन सम्बन्धमा अन्तक्र्रिया गरेका थिए । अधिकारीको कृति ‘भरियाको भूगाले’ वैशाख १५ गते सार्वजनिक भएको थियो ।