नयाँ शक्तिका कार्यकर्ता कुटेको आरोपमा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ

0
486

गोरखा, २४ वैशाख । गोरखा प्रहरीले नेकपा माओवादी केन्द्रका एक कार्यकर्ता पक्राउ गरेको छ । नयाँ शक्ति पार्टीका कार्यकर्तालाई कुटपिट गर्नुका साथै उनले प्रयोग गरेको सवारीसाधन तोडफोडमा संलग्न भएको भन्दै माओवादी कार्यकर्ता सुदिप बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका–६ हरमटारीका १७ बषिर्य सुदिप बस्नेत विरुद्ध उजुरी परेपछि पक्राउ गरी अुनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शनिवार साँझ गोरखा नगरपालिका–९ लक्ष्मी बजारमा चुनावी कार्यक्रमबाट फर्किदै गरेका नयाँ शक्तिका कार्यकर्तालाई माओवादी कार्यकर्तालाई आक्रमण गरेको नयाँ शक्तिले जनाएको छ । माओवादी कार्यकर्ताको आक्रमणबाट नयाँ शक्तिका चार जना कार्यकर्ता घाइते भएका छन् । नयाँ शक्तिले कुटपिट र सवारीसाधन तोडफोड गर्नेलाई कार्वाहीको माग गर्दै क्षतिपूर्तिको समेत माग गरेको छ ।