पञ्जावको आइपीएल क्रिकेटको प्लेअफ पुग्ने सभ्भावना कमजोर

0
351

काठमाडौं, २५ बैशाख । गुजरात लायन्ससँग पराजित भएसँगै किंग्स इलाभेन पञ्जाबको आइपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ । पराजयपछि पञ्जाबको शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको हो । मोहालीमा भएको खेलमा गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो ।

पञ्जाबले प्रस्तुत गरेका एक सय ९० रनको चुनौती गुजरातले दुई बल बाँकी छँदा चार विकेटको क्षतिमा पार ग¥यो । गुजरातका लागि ड्वेन स्मिथले ७४, सुरेश रैनाले ३९ र दिनेश कार्तिकले अविजित ३५ रन जोड्नु भयो । पहिले ब्याटिङ गरेको पञ्जाबले तीन विकेटको क्षतिमा हासिम अम्लाको १ सय ४, सान मार्सको ५८ रन मद्दतले १ सय ८९ रन बनाएको थियो । ११ मध्ये ६ खेल हारेको पञ्जाब अंक तालिकाको पाँचौ स्थानमा छ । चौथो स्थानको हैदराबाद पञ्जाबभन्दा ३ रनले अघि छ ।