चुनाव अन्तिम चरणमा : भिडियोमा हेर्नुहोस् मत कसरी खसाल्ने

0
368

काठमाडौं, २५ बैशाख । आउँदो आइतबार अर्थात बैशाख ३१ हुने पहिलो चरणको स्थानीय तह चुनावको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार चुनावमा आवश्यक सबै सामग्री जिल्लामा र्पुयाइसकिएको छ भने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन् ।

आउँदो बुधबारसम्म सबै केन्द्रमा निर्वाचन अधिकृतसहित मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार बिहीबारदेखि मतदाता परिचयपत्र वितरण हुनेछ ।
बिहीबार, शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने तयारी छ । मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य चाहिने भएकाले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र लिन आयोगले सबैसँग आग्रह गरेको छ ।

आयोगका अनुसार आफ्नो मतदाता परिचयपत्र लिन मतदाता आफै केन्द्रमा जानुपर्छ, जान नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा दिएर पठाउन सकिनेछ । स्थानीय तहको चुनावमा भोट खसाल्न ६ दिन मात्रै बाँकी रहदा मत हाल्न सिकाईएको भिडियो सामग्री सार्वजनिक भएको छ । उक्त भिडियोमा कसरी मत हाल्दा बदर हुँदैन भनेर सिकाईएको छ ।
भिडियो हेर्नुहोस्