काठमाडौं, २५ वैशाख । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका छन् । उनलाई उपप्रधानसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । सोमबार साँझ उनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
यसअघि राप्रपाका अध्यक्ष कमल थापाले सम्हालेको मन्त्रालय गच्छदारले पाएका हुन् । प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध अघिल्लो आइतबार व्यवस्थापिका संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कमल थापासहि राप्रपाका चार मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिएका थिए ।
उनीहरुले दिएको राजीनामा एक सातापछि सोमबार स्वीकृत गरी प्रधानमन्त्री प्रचण्डले गच्छदारलाई सरकारमा सहभागी गराएका हुन् ।