राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

0
349

बनेपा, २८ वैशाख । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् ।

धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

‘कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ’, प्रनाउ राईले भन्नुभयो ।