ललितपुर, २९ बैशाख । आईतबार हुन लागेको पहिलो चरणको स्थानीय निर्वाचनका लागि ‘यूवा नामक यूवा संस्था’बाट ललितपुर महानगरपालिका वडा नं २४ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारका रुपमा विजय श्रेष्ठ मैदानमा हुनुहुन्छ ।
प्रमुख राजनैतिक दलहरुको दवदवाह रहेको क्षेत्रमा बिजय हासिल गर्न स्वतन्त्र उमेदवारलाई हम्मे हम्मे पर्ने भएता पनि श्रेष्ठको हकमा भने नतिजा सकारात्मक आऊने कुरामा सम्पूर्ण धापाखेलबासी ढुक्क प्राय देखिन्छन् ।
पर्यटकिय स्थल नागदह संरक्षण सुधार समितिका सचिव समेत रहेका उनि स्कुले जिवन देखि सामाजिक कार्य र टोल विकासमा अलोरात्र स्वयंसेवकभै काम गर्दैआएका छन ।् खेलकुद मैदान विकासमा बढि खटिएका उनि यूवा परिचाहन र दिगो बिकासको खाका कोर्दै विजय यसपालि राजनैतिक मैदानमा उत्रेका हुन् ।
आफ्नो माटोको रक्षा गर्न कुनै राजनैतिक दलहरुको झन्डा ओड्नु नपर्ने सिद्दान्तमा अडिक विजय श्रेष्ठ थुपै्र ब्याप्त सामाजिक एजेन्डा सहित चुनाबी मैदानमा छन् । श्रेष्ठ ललितपुर महानगरपालिका वडा नं २४ धापाखेलमा अन्यको तुलनामा बढि रुचाईएका उमेदवार पनि हुन् त्यसैले उनि आफ्नो जित सुनिश्चित भयको दावी गर्दछन् ।