चीनको ‘वान वेल्ट वान रोड’ अवधारणामा नेपालले ग¥यो हस्ताक्षर

0
917

काठमाडौं, २९ बैशाख । नेपालले चीनको वान वेल्ट वान रोड अवधारणामा हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै आजदेखि नेपाल ‘वान वेल्ट वान रोड’ (ओबीओआर) को औपचारिक सदस्य बनेको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ राजदूत यु होङले समझादारीमा हस्ताक्षर गर्नुभएको हो । चीनले अघि सारेको वान वेल्ट वान रोड अवधारणा चीनबाट नेपाल भारत हुँदै युरोप जोड्ने सडक परियोजना हो । तर भारतले भने चीनको अवधारणमा सहमति जनाएको छैन र आफ्ना छिमेकी देशलाई अवधारणा नमान्न दवाव दिँदै आएको छ । भारतीय दबाबका बाबजुद सरकारले ओबरको सदस्य बन्ने निर्णय गर्दै सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौताका लागि चिनियाँ टोली हिजो काठमाडौं आएको थियो । चीनमै परराष्ट्रमन्त्री स्तरमा हस्ताक्षर गर्ने भनिए पनि समय कम भएकाले सचिवस्तरबाट हस्ताक्षर गरिएको परराष्ट्रमन्त्रालयले जनाएको छ । मन्त्रीपरिषदको सोमबारको बैठकले सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको थियो । नेपालले सन २०१४ को सुरुमै ‘वान वेल्ट वान रोड’ अवधारणामा जाने प्रारम्भिक सहमती गरेको थियो । त्यसको तीन वर्षपछि दुई देशबिच सम्झौतामा हस्ताक्षर भएको हो । चीनले ओबीआ्आर योजनाबारे जानकारी दिन वैशाख ३१ र जेठ १ गते बेइजिङमा अन्तर्रा्ष्ट्रिय सम्मेलन गर्दैछ । त्यसमा सहभागी हुन नेपालबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा ११ सदस्यीय टोली चीन जानेछ।