२०८३ बैशाख ६ गते आईतवार
२०८३ बैशाख ६ गते आईतवार

६२ अंकले बढ्यो सेयर बजार

काठमाडौँ । सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । ६२.२५ अंक बढेर बजार २६७३.६९ बिन्दु पुगेको छ ।

बुधबार बजार २.३८ प्रतिशतले उकालो लागेको हो । आज ३ सय ८ धितोपत्रको ९९ हजार ३ सय ५ कारोबारबाट २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२ रुपैयाँ पुगेको छ । आज सबै उपसमूहको मूल्य बढेको छ । वित्त र जलविद्युत् लगानीकर्ताले आज बढी कमाएका छन् ।

बुधबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । यसबाहेक बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रो सहित धितो पत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् ।

बढ्दो बजारमा पनि बुधबार न्यादी हाइड्रो, लक्ष्मी भ्यालु फन्ड, मुक्तिनाथ डिबेन्चर जस्ता धितोपत्रको मूल्य सबैभन्दा धेरै घटेको छ । आज सानिमा माई हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।