मतदानका क्रममा दोलखाको झुलेमा झडप, ६ जना घाइते

0
497

दोलखा, ३१ वैशाख । मतदानका क्रमममा दोलखाको झुलेमा झडप हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये अच्युत कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तामाकोशी गाउँपालिका झुलेको अमर उच्च माविमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता्बिच झडप हुँदा ६ जना घाइते भएको दोलखाका सहयाक प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उज्यालोलाई जानकारी दिए । घाइते सबैजनालाई थप उपचारको लागि जिल्ला अस्पताल चरिकोट लगिएको छ ।

यस्तै विवादका कारण विगु गाउँपालिकाको थम्पु मावि आलम्पुमा रोकिएको मतदान प्रक्रिया सुरु भएको पनि सहायक प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए ।