काठमाडौं, ३१ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान जारी छ ।
निर्बाचन आयोगले दिएको जानकारी अनुसार आइतबार १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको छ ।
सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन आयोगले जनाएको छ ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा मतदानको कार्य सुरु हुन नसकेको र सहमतिको प्रयास भइरहेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख ।