ला लिगा फुटबलको उपाधि होड रोचक

0
273

काठमाडौं, १ जेठ । स्पेनिस ला लिगा फुटबलको उपाधि होड लिगको अन्तिम तिर आइपुग्दा थप रोमाञ्चक बनेको छ । गए राति भएका खेलमा शीर्ष स्थानका बार्सिलोना र रियल मड्रिड दुवैले प्रभावशाली जित दर्ता गरेपछि उपाधि होड थप रोमाञ्चक बनेको हो ।

बार्सिलोनाले अवे मैदानमा भएको खेलमा लस पल्मसलाई ४–१ ले हरायो । बार्सिलोनको जितमा नेइमारले तीन तथा लुइस स्वारेजले एक गोल गर्नु भयो ।

रियाल मड्रिडले पनि सेभियालाई ४–१ ले नै हरायो । जितपछि शीर्ष स्थानको बार्सिलोनाको लिगको एक खेल बाँकी हुँदा ८७ अंक भएको छ । यस्तै दुई खेल बाँकी रहेको रियालको पनि समान ८७ अंक नै छ । गोल अन्तरका आधारमा रियाल दोस्रो स्थानमा छ ।