२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

नेपाल–भारत सीमा क्षेत्र नजान आफ्ना नागरिकलाई चिनियाँ दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा नजान सुझाव दिएको छ। दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’

उक्त सन्देशमा भनिएको छ, ‘नेपाल–भारतको सीमा खुला छ, त्यसैले व्यक्तिगत लापरबाहीका कारण भारतीय भिसा बिना भारतीय भूमि गल्तीले नछिर्नुहोस् ।’ भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण भारत र नेपाल दुवैले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् । पछिल्लो पटक रक्सौल नाकाबाट केही चिनियाँ पक्राउ परेका थिए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।