सिरियामा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको आक्रमणमा ४० को मृत्यु

0
452

एजेन्सी, २ जेठ । अमेरिकी नेतृत्वको आतंकवाद विरोधी गठबन्धनले देइर अल जोर प्रान्तको बुकामाल सहरमा गरेको आक्रमणमा करिब ४० जना सर्वसाधारण सिरियालीको मृत्यु भएको त्यहाँको सरकारी शाम एफएम रेडियोले जनाएको छ । इस्लामिक स्टेट (आईएस) समूहको प्रभाव क्षेत्र देइर अल जोरमा सर्वसाधारणलाई लक्षित गरी हवाई आक्रमण भएको उक्त रेडियोले बताएको छ ।

गत मङ्गलबार उत्तरी प्रान्त रक्कामा अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । सिरियामा अमेरिकी नेतृत्वको आतंकवादविरोधी गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) लाई सघाउँदै आएको छ ।