इंगलिश प्रिमियर लिगको उपाधि जितेको चेल्सीको संघर्षपूर्ण जीत

0
312

काठमाडौं, २ जेठ । इंगलिश प्रिमियर लिग फुटबलमा उपाधि जितिसकेको चेल्सीले वाटफोर्डविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । घरेलु मैदानमा खेलेको चेल्सीले वाटफोर्डलाई ४–३ ले हरायो । चेल्सीलाई कप्तान जोन टेरीले अग्रता दिलाउनु भयो । त्यसको दुई मिनेटमै वाटफोर्डले बराबरी ग¥यो । ३६औं मिनेटमा चेल्सीले सेसारको गोलबाट अग्रता बनायो ।

४९ मिनेटमा मिचीले गोल गर्दै ३–१ को अग्रता कामय गर्नु भयो । त्यसको दुई मिनेटमै वाटफोर्डले गोल गर्दै दुरी कम ग¥यो । ७४ मिनेटमा वाटफोर्डले बराबरीको स्थितिमा ल्यायो । तर खेल सकिन दुई मिनेट बाँकी छँदा सेस फेब्रिगासले गोल गरेर चेल्सीलाई जिताउनु भयो । चेल्सीले दुई खेल अगावै उपाधि जितेको थियो । एक खेल बाँकी छँदा चेल्सीको ९० अंक भएको छ भने दोस्रो स्थानको टोटनह्यामको ८० अंक छ ।