कतारमा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपालीको मृत्यु

0
423

काठमाडौं, ५ जेठ । कतारको दोहास्थित नेपाली राजदूतावासले अल ब्याण्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीद्वारा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपाली कामदारको ज्यान गएको र अर्का एक नेपाली घाइते भएको जनाएको छ ।

ज्यान जोनमा रुपन्देहीका चिनक मल्लाह रहेको छ । दुर्घटनामा परि दाङका गङ्गाराम चौधरी घाइते भएको दूतावासले जनाएको छ । दूतावासले सामाजिक सञ्जाल एव्म अनलाइन मिडिया संस्करणमा भ्रामक एवम् तथ्यहीन समाचार प्रेषित गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत सबैमा अनुरोध गरेको छ ।