२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

छोरीले भनिन्- “बाबा, उहाँ नै हो असली नेता” : डा. सुनिल शर्माको नम्रता र सेवाभाव देखेर बाल मन जितिएको कथा

काठमाडौं- राजनीति केवल भाषण, नाराजुलुस र पदको होडमात्र होइन, सादा व्यवहार र मानवताको अभ्यास पनि हो भन्ने उदाहरण बनेका छन् नेपाली कांग्रेसका युवा सांसद डा. सुनिल शर्मा। भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोले यो कुरा अझ स्पष्ट पारेको छ। भिडियोमा डा. शर्मा गाडीबाट झर्दै थिए। त्यहीबेला अग्रज नेता चन्द्र भण्डारीले उहाँका लागि ढोका खोलिदिए। यसप्रति कृतज्ञता प्रकट गर्दै डा. शर्माले चन्द्र भण्डारीलाई ढोग गरे — नेपाली संस्कार र विनम्रताको जीवन्त प्रदर्शन।

यो सामान्य जस्तो देखिने तर अत्यन्तै प्रभावशाली दृश्य एक छ वर्षीया बालिकाको मनमा गहिरो छाप छोड्यो। उनले आफ्ना बाबुलाई सोधिन् — “बाबा, उहाँ नै होइन र राम्रो नेता?” जब बाबुले मुस्काउँदै सोधे — “किन त छोरी?” छोरीको उत्तर थियो — “उहाँले गाडीको ढोका खोलिदिएको अंकललाई फेरि ढोग गर्नु भयो नि” बाल मनले सादगी र सम्मानलाई राजनीतिभन्दा अग्लो मूल्यका रूपमा बुझेको यो दृश्य अहिले सामाजिक सञ्जालमा आशाको कथा बनिरहेको छ।

यही घटनाले मन छोएका समाजसेवी तथा लेखक डिलाराम आचार्य ‘इच्छुक’ ले सामाजिक सञ्जालमा लेखे — “गाडिबाट उहाँ झर्ने बेलामा एउटा बूढो नेताले ढोका खोलिदिनु भयो, अनि उहाँले फेरि ती बूढो मान्छेलाई ढोग गर्नु भयो। राम्रो कुराको त यसरी छाप पर्ने रहेछ त।” आचार्यको यो टिप्पणीले अहिलेको राजनीतिक वातावरणमा संस्कार र मानविय मूल्यहरू कति महत्वपूर्ण छन् भन्ने कुरामा फेरि एकपटक प्रकाश पारेको छ।

सांसद डा. शर्मा आफ्ना सार्वजनिक व्यवहारले मात्रै होइन, सेवाभावले पनि फरक नेता भनेर चिनिएका छन्। उनी प्रतिनिधिसभाका एकमात्र सांसद हुन् जसले अहिलेसम्म आफ्नो तलब भत्ता लिएका छैनन्। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म उनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्।

शिविरमार्फत उपचार सम्भव नभएका बिरामीहरूको काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था समेत उनले मिलाउँदै आएका छन्।

उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका बिरामीका लागि ५० शय्याको निःशुल्क क्याबिन समेत व्यवस्था गरिएको छ। पार्टीगत सीमाना नहेरी, देशका विभिन्न स्थानका जनतालाई समान रूपमा सेवा पुर्‍याउने उद्देश्यले हालै बेलबारीमा उनले एम्बुलेन्स हस्तान्तरण गरे । उनले निजी लगानीमै देशका सात स्थानमा एम्बुलेन्स प्रदान गरिसकेका छन्, जुन आफैँमा प्रेरणादायी छ।

नेताहरूको भाषण भन्दा व्यवहारले धेरै कुरा बोल्छ। डा. शर्माको नम्रता, संस्कार र समर्पणको भावनाले राजनीतिमा आशा र मानवता अझै बाँकी रहेको अनुभूति दिलाएको छ। यस्तो व्यवहारले बालबालिकादेखि वृद्धसम्म सबैको मन जित्न सकिन्छ भन्ने उदाह

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।