पहिलो चरणको निर्वाचनको मतगणना अन्तिम चरणमा

0
444

काठमाडौं, ९ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको परिणाम अन्तिम अवस्थामा रहेको छ । पहिलो चरणमा सम्पन्न भएको २ सय ८२ स्थानीय तहमध्ये गएरातिसम्म २ सय ७४ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी ८ स्थानमा मतगणना जारी रहेको छ ।

अहिलेसम्मको नतिजाअनुसार एमालेले पहिलो बनेको छ । एमालेले १ सय १८ स्थानमा प्रमुखसहित स्थानीय तहमा जित हासिल गरेको छ भने गणना भइरहेका चार स्थानमा अग्रता लिएको छ ।

यस्तै, नेपाली काँग्रेसले १ सय ३ स्थानीय तहमा जित हासिल गरेका छ भने अरु ३ स्थानमा अगाडि छ । ७ वटा स्थानीय तहमा भने स्वतन्त्रसहित साना दल विजयी भएका छन् । नेकपा माओवादी केन्द्रले ४६ स्थानीय तहमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता लिएको छ ।